तपाईले यो ब्लग हेर्नुभएकोमा धेरै–धेरै धन्यवाद । फेरी–फेरी पनि हेर्दै गर्नुहोला ।

इरानले अन्तरिक्षमा बिरालो पठाउने


persianआणविक हतियारको निर्माण गरिरहेको भन्दै पश्चिमा मुलुकहरुको आरोप खेपिरहेको इरानले सन् २०१८ सम्ममा अन्तरीक्षमा मानिस पठाउने लक्ष्य राखेको छ । यो लक्ष्य परिपूर्तिका लागि इरानले आफ्नो अन्तरीक्ष कार्यक्रमलाई तिब्रता प्रदान गर्दै विभिन्न परिक्षण समेत गर्ने गरेको छ । यसका लागि उसले विभिन्न जनावरलाई अन्तरीक्षयात्रीको रुपमा प्रयोग समेत गर्ने गरेको छ । यहीँ क्रममा इरानले अब बिरालोलाई अन्तरीक्षमा पठाउने भएको छ ।
पर्सियन क्याट भनिने स्थानीय जातको बिरालोलाई इरानले अन्तरिक्षमा पठाउने भएको हो । सात महिनाअघि एक बाँदरलाई अन्तरीक्षमा पठाएर पुनः पृथ्वीमा सुरक्षित अवतरण गराएको दाबी गर्दै आएको इरानले अब बिरालोलाई अन्तरिक्षयात्री बनाउने भएको हो ।
यद्यपि यसअघि बाँदरलाई अन्तरीक्षमा पठाएको इरानको दाबी स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको थिएन । पछिल्लो इरानी योजनालाई पनि पश्चिमा देशहरुले शंकाको दृष्टिले हेर्दै अन्तरीक्षमा बाँदर पठाउने इरानी योजना उसको सामरिक तथा सैन्य क्षमता विस्तारका लागि हुनसक्ने बताएका छन् ।
इरानी अन्तरीक्ष कार्यक्रमका प्रमुखका अनुसार लामो भुत्ला भएको तथा चेप्टो अनुहार भएको बिरालो रकेटमा चढेर अन्तरिक्षमा जानेछ । इरानी पात्रो अनुसार यो वर्षको अन्त्यमा बिरालोलाई अन्तरिक्षमा पठाउने योजना छ । अंग्रेजी पात्रो अनुसारको आगामी वर्षको मार्च २१ मा इरानको यो वर्ष अन्त्य हुनेछ । त्यसैले आउँदो वर्षको मार्च २१ सम्ममा इरानले अन्तरिक्षमा बिरालो पठाउनेछ ।