तपाईले यो ब्लग हेर्नुभएकोमा धेरै–धेरै धन्यवाद । फेरी–फेरी पनि हेर्दै गर्नुहोला ।

फेसबुकले किन ल्यायो अटोप्ले भिडियो?


फेसबुकले किन ल्यायो अटोप्ले भिडियो?
क्यालिफोर्निया — फेसबुक सामाजिक सञ्जालमा पहिलो स्थानमा छ। उसले यो स्थान सँधैका लागि कायम गर्न केही न केही नयाँपन दिने प्रयास गरिरहन्छ। अहिले फेसबुकले टेलिभिजनको जस्तै अटोप्ले भिडियोको नयाँ फिचर्स ल्याउने तयारी गरेको छ।
फेसबुकले मोबाइल फोनमा अटोप्ले भिडियो फिचर्सको प्रयोग शुरु गरिसकेको छ। यस्तो भिडियो प्रयोगकर्ताको मोबाइल स्त्रिनमा बिनाआवाज अटोप्ले देखिनेछ। 'जब यूजर्सले भिडियोमा क्लिक गर्छ तब भिडियो आवाज सहित प्ले हुन्छ' फेसबुकले ब्लग पोष्ट गर्दै भनेको छ। यो फिचर्सले एन्ड्रोइड र आईओएसको फेसबुक एप्समा काम गर्नेछ।

फेसबुकले अटोप्ले भिडियो फिचर्स ल्याउनुलाई प्रविधि विश्लेषकहरुले महत्वपूर्ण मानेका छन्। उसले प्रयोगकर्ताको सुविधान मात्र नभइ आफ्नो व्यापारमा महत्वपूर्ण फड्को मार्न नयाँ प्रविधितर्फ लागेको बताइएको छ। उसले भिडियो विज्ञापन सुरु गर्ने तयारीका लागि यो फिचर्स ल्याएको हुनसक्ने टेक ब्लगरहरुले अनुमान गरेका छन्।
भिडियो